गोरखा २६, पुस । २९९ औं पृथ्वीजयन्तीको अबसरमा गोरखा सदरमुकाम क्षेत्रमा आज सरसफाई कार्यक्रम गरिएको छ । गोरखा नगरपालिकाको आयोजना तथा चेम्बर अफ कर्मश गोरखाको समन्वयमा गोरखा बजारको क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
सदरमुकामको हरमटारी टोलबाट सुरु भएको सरसफाई कार्यक्रम, कालीमाटी बजार, शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलोआँगनसम्म पुगेर सडक र सडक किनारा तथा नालीहरुको सरसफाई गरिएको नगरपालिकाले जनाएको छ । सरसफाई कार्यक्रममा जिल्ला स्थित संघ संस्थाहरुका प्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, जिल्लाका सरकारी कार्यालयका प्रतिनिधीहरु, टोल विकास संस्थाका प्रतिनिधीहरु र गोरखा नगरपालिकाका कर्मचारीहरु सहभागी भएका थिए ।
सरसफाई कार्यक्रममा जिल्ला समन्वयका प्रमुख असोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, उप प्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी उपरिक्षक सुरेन्द्रबहादु गुरुङ, वडाध्यक्षहरु एवं कार्यपालिकाका सदस्यहरुको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।