गोरखा २६, पुस । गोरखाका पत्रकार केशब गुरुङ सिआई टेकबहादुर गुरुङ तथा रस कुमारी गुरुङ पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत हुनुभएको छ । गुरुङलाइ सुचना तथा संचारमन्त्री पार्वत गुरुङले एक कार्यक्रम बिच पुरस्कृत गर्नुभएको हो ।
पत्रकार गुरुङ गोरखाबाट नयाँ पत्रिका राष्ट्रिय दैनिकको सवांददाताको रुपमा कार्यरत हुनुहुन्छ । गुरुङलाई नगद ५ हजार सहित मन्त्री गुरुङले पुरस्कृत गर्नुभएको हो गोरखाको लाप्राक घर भएका गुरुङ गोरखा सदरमुकामबाट प्रकाशित हुने सुरुवात दैनिकमा पनि आबद्व हुनुहुन्छ ।