Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट ओली पक्षले केन्द्रीय सदस्य बनाएका बस्नेतले पनि गरे पद अस्विकार


8.1K
Shares

गोरखाबाट ओली पक्षले केन्द्रीय सदस्य बनाएका बस्नेतले पनि गरे पद अस्विकार

गोरखा २६, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेका नेता यादव बस्नेत पद अस्विकार गर्नुभएको छ । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाटको आयोजना गरि नेकपा जिल्ला पार्टी कार्यालयका सदस्य बस्नेतले ओली पक्षले केन्द्रीय सदस्यमा आफुलाई मनोनित गरेको भएपनि त्यसलाई स्विकार गर्न नसक्ने स्पस्ट पार्नुभएको हो । ‘मेरो बिचार र मैले लिनेबाटो कनै पनि हालत पार्टीका संस्थापन र बहुमतको पक्षमा हुन्छ, उहाँले भन्नुभयो, ‘नेकपाले लिएको जनताको जनबादको सैदान्तिक लक्ष्यबाट दायाँबायाँ हुनेछैन ।’

पार्टी भित्र भएका केही मतभेदलाई लिएर पार्टीका तत्कालिन अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले हुदाखादाको संसद बिघटन गरेर गम्भीर संबैधानिक गल्ति गरेको उहाँको भनाई छ । ‘इतिहासमा अहिलेसम्मको सवै भन्दा बढी बहुमतले बिजय भई दुई तिहाईको नजिक पुगेर कम्युनिष्ट सरकारको नेतृत्व गरेको ओली आफलै संसद बिघटन गरेको अबस्थामा ओलीलाई कसैले साथ दिन नसक्ने बताउनुभयो ।

अहिलेको संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार दिएकै छैन, नेता बस्नेतले भन्नुभयो, ‘त्यसकारण प्रधानमन्त्रीले गर्नुभएको संसंद बिघटन गैह्रसंबैधानिक छ, यसलाई ‘सफ्ट कू’ का रुपमा नेपाली जनताले हेरेका छन् मलाई पनि त्यस्तै लागेको छ ।’ उहाँले अल्पमत बहुमतको अधिनमा रहने बिधि मान्यता अनुशासनलाई गर्ने तथा पार्टीको निर्णयलाई कार्यान्वयन गर्ने पक्षमा आफु प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओली केन्द्रीय कमिटिको पनि थोरै संख्याको बैठक बसेर निक्कै ठूलो संख्यामा केन्द्रीय कमिटिको सदस्य मनोनित गर्नु पार्टीको बिधान बिपरित रहेको बताउनुभयो । ‘बिधि बिधान बिपरित गरिएको केन्द्रीय सदस्य पद मेरो लागि स्विकार्य छैन, उहाँले भन्नुभयो, म अहिले नेकपाको गोरखा जिल्ला कमिटिको कार्यलय सदस्य हो, त्यसैमा रहेर पार्टी र जनताको पक्षमा लागि रहनेछु ।’ प्रधानमन्त्री ओलीले गर्नुभएको संसद बिघटनले नेपाली जनताको सम्बृद्ध नेपाल सुखी नेपालीको नारा पुरा हुन नसक्ने समेत उहाँले स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology