Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा नेकपा प्रचण्ड–नेपाल पक्षले गरे संडकमै संबिधान बाचन


3.5K
Shares

गोरखामा नेकपा प्रचण्ड–नेपाल पक्षले गरे संडकमै संबिधान बाचन

गोरखा २६, पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले संसद बिघटनको बिरुद्धमा जनतालाई जागरुक गराउन गोरखा सदरमुकाममा संबिधान बाचन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संबिधान बिघटन असंबैधानिक भएको भन्दै नेकपाले संबिधानको धारा ७६ ले गरेको व्यवस्था पढेर नागरिकहरुलाई सुनाएका हुन् ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटीका सह–इन्चार्ज अमर तमुको नेतृत्वमा भएको संबिधान बाचन कार्यक्रममा नेता हरि काफ्लेले संबिधान धारा पढेर सुनाउनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली संबिधान अनुसार नै संसद बिघटन गरेको दावी गरिरहनु भएका बेला नेकपाले जनतालाई प्रष्ट पार्न सविंधान बाचन गरेको सुनाएको केन्द्रीय सदस्य एवं सह–इन्चार्ज तमुले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले प्रधानमन्त्रीले संबिधानमा संबिधानमा दिएको बिकल्पको पालना नगरेको उल्लेख गर्नुभयो ।

‘संसदमा उपस्थित भएर आफुलाई बहुमत प्राप्त गर्ने प्रकारको बातावरण बनाउन त प्रधानमन्त्रीले चाहानु भएन भएन् आफ्नै संसदिय दलमा समेत बिश्वासको मत पनि लिन चाहानु भएन, नेता तमुले भन्नुभयो, ‘ सवै प्रकारको बिकल्पलाई कुल्चेर उहाँले संबिधानमा व्यवस्था नै नभएको काम गर्नुभयो ।’ प्रधानमन्त्री गरेको संसद बिघटन संबिधान माथिको ‘कू’, र संबिधान माथिको बलात्कार भएको नेता तमुले बताउनुभयो ।

उहाँले अझै पनि संबिधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदातलमा पुगेको भन्दै नेपाली जनताको लामो बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा सर्वोच्च अदालतले गर्ने बिश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संबिधानमा हुदै नभएको व्यवस्थालाई हठातमा संसद बिघटन गरेको भन्दै यस बिरुद्ध फेरि पनि बलिदानी पूर्ण सर्घष गर्न तयार रहेको स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology