गोरखा २५, पुस । लियो क्लब अफ गोरखाले बिपन्न तथा असाहाय व्यक्तिहरुका लागि शनिबार न्यानो कपडा बितरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १० स्थित बाह्रकिलो बजारमा एक कार्यक्रमका बिच पुनः प्रयोग गर्न मिल्ने कपडा संकलन गरि बितरण गरिएको क्लबकी सचिव अनुका आले मगरले जानकारी दिनुभयो ।
जाडो मौसममा आर्थिक अभाव कमजोर भएका बिपन्न असाहाय व्यक्तिहरुलाई चिसोबाट सुरक्षित राख्न क्लबले न्यानो कपडा संकलन गरि बाह्रकिलो बजारमा राखेर बितरण गरिएको उहाँको भनाई छ । ‘पुनः प्रयोग गर्न मिल्ने खालका सफा कपडाहरु क्लबले संकलन गदै आएको छ, सचिव आलेले भन्नुभयो, संकलित कपडामा आबश्यक पर्ने व्यक्तिहरु आफै आएर लैजानु भएको हो । ’
आज करिब ६५ जनालाई न्यानो कपडा बितरण गरिएको उहाँले बताउनुभयो । क्लबले संकलन गर्ने कपडा उपलब्ध गराउदा धोएर लगाउन मिल्ने भएपछि लिने गरेको क्लबले जनाएको छ । क्लबले गएको बर्षदेखि गोरखा जिल्लाका बिभिन्न क्षेत्रमा चिसो मौसमका न्यानो कपडा संकलन गरि बितरण गर्दै आएको क्लबकी अध्यक्ष गंगा श्रेष्ठले जानकारी दिनुभयो ।