Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु


3.7K
Shares

अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु

काठमाण्डौ २५, पुस । भारतको महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । भन्डारा जिल्लाको अस्पतालका सिभिल सर्जन डा. प्रमोद खन्डातेका अनुसार गयराति नवजात शिशु राखिएको वार्डमा आगलागि हुँदा १९ जना शिशुहरुको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार रातको समय वार्डबाट धुँवा निस्केको देखेपछि नर्सले प्रशासनलाई जानकारी गराएको र विद्युत सर्टका कारण आगलागि भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

जिल्ला अस्पतालमा अबेर राति विद्युत सर्ट हुँदा सिक न्यूबर्न केयर यूनिट (एसएनसीयू) मा आगलागि भएको हो । आगलागिमा परेकामध्ये ७ जना शिशुहरुलाई जिवितै उद्दार गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology