रामेछाप २५, पुुस । रामेछापको उमाकुण्ड गाउँपालिकाका एक गर्भवति महिलाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ । गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उमाकुण्ड गाउँपालिका–२ बाम्ती का मेनुका कार्कीको हेलिकप्टरबाट उद्दार गरिएको हो । कार्कीलाई हेलिकप्टरमार्फत् निःशुल्क उद्दार गरेर काठमाडौं पठाइएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जानकारी दिनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् पहिलो पटक कार्कीलाई हेलिकप्टरबाट उद्दार गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको समन्वयमा गर्भवती महिलाको उद्दार गरिएको हो । उहाँको थप उपचार काठमाडौंस्थित प्रसुति गृहमा भइरहेको छ ।