गोरखा, २५ पुस
गोरखाका दुई वटा बिद्यालयमा उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न अक्षयकोष स्थापना भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा रहेको श्री सरस्वती माध्यामिक बिद्यालय र वडा नम्बर ६ अश्राङमा रहेको श्री नवजागृती चण्डी माध्यामिक बिद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।
बोर्लाङको नारायणपुर स्थायी घर भएका नवजागृती चण्डकी मा.विका शिक्षक भूमि गोतामेले आफ्ना दिंवगत बुबा रबिलाल गोतामे र आमा मोतीमाया गोतामेको स्मृतिमा दुईवटा बिद्यालयमा बार्षिक रुपमा उत्कृष्ट शिक्षक छनोट गरि पुरस्कृत गर्ने गरि ‘रबिलाल मोतीमाया स्मृति अक्षय कोष’ स्थापना गर्नुभएको हो । दुवै बिद्यालयमा गरि अक्षयकोषमा तत्कालका लागि कुल १ लाख १० हजार हजार २ सय २ रुपैया जम्मा गरिएको परिवारले जनाएको छ ।
‘एउटा बिद्यालयको उक्त अक्षयकोषमा ५५ हजार १ सय १ रुपैयाको जम्मा गरिएको छ, उहाँले भन्नुभयो, बिस्तारै अक्षय बढाउदै लैजाने योजना रहेको छ ।’ अक्षयकोषबाट दुवै बिद्यालयमा एक शैक्षिक सत्र भरिमा कक्षा १ देखि १२ सम्म पढाउने शिक्षकमध्ये उत्कृष्ट एक जना छनोट गरि पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
बिद्यालयले शिक्षण सिकाई उपलब्धी ५० प्रतिसत, बिद्यालय उपस्थित २५ र प्रधानध्यापकको मूल्याङकन २० प्रतिसत र व्यवस्थापन समितिको ५ प्रतिसतलाई आधार मानेर उत्कृष्ट शिक्षक छनोट गर्ने उहाँले जानकारी दिनुभयो । गोतामे परिवारले दुःखद घडी टेलीफोन तथा सामाजिक सञ्जाल मार्फत धन्यबाद दिने सवै आफ्न्त तथा शुभचिन्तकहरुलाई व्यक्त गरेको छ ।