Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकामा पुस २७ गते सार्वजनिक बिदा


2.5K
Shares

गोरखा नगरपालिकामा पुस २७ गते सार्वजनिक बिदा

गोरखा २५, पुस । गोरखा नगरपालिका गोरखाले २९९ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अबसरमा नगरपालिका भित्र सार्वजनिक बिदा दिने भएको छ । बिदाका दिन नगरक्षेत्र भित्रका वडा कार्य कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु बन्द हुने प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । त्यस्तै पृथ्वी जन्यती तथा राष्ट्रिय दिवसको अबसरमा गोरखा नगरपालिकाले बिभिन्न ३ दिनसम्म बिभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाउने निर्णय समेत गरेको छ ।

नेपाल एकिकरणका अभियानकर्ता तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उहाँको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाईमा सरसफाई, खेलकुद, दिपप्रज्वलन लगायतका कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ । कार्यक्रम अन्र्तगत पुस २६ गते नगरपालिका भित्रका सवै वडाहरुमा सरसफाई कार्यक्रम हुने प्रमुख प्रशासकिय अधिृकत पन्तले बताउनुभयो ।

‘नेपाल चेम्वर अफ कर्मससंगको सहकार्यमा सोही दिन गोरखा बजार क्षेत्रमा सरसफाई कार्यक्रम पनि गरिने छ, उहाँले भन्नुभयो, पुस २७ गते गोरखा युथ क्लबको संयोजनमा द्रव्यशाह चौतारा हुदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसर्पाक हुदै गोरखा दरबारसम्म खुल्ला दौड प्रतियोगिताको आयोजना गर्ने तय भएको छ ।’

त्यस्तै पुस २७ गते सदरमुकामको खेलकुद मैदानदेखि हरमटारी हुदै गोरखा संग्राहलयसम्म बिभिन्न जातजातीहरुको झाँकी प्रस्तुत प्रर्दशन गरिने प्रमुख प्रशासकिय अधिकृत पन्तले बताउनुभयो । दिवसको अबसरमा पुस २८ गते गोरखा जेसिसको अगुवाईमा बक्तृत्वकला प्रतियोगिता सहित खेलाडी सम्मान र पुरस्कार बितरण कार्यक्रम गरिने उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology