Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा गोरखाको प्रधानमन्त्रीलाई बिरोध पत्र : संबिधानको धारा पढ्न सुझाव


3.2K
Shares

नेकपा गोरखाको प्रधानमन्त्रीलाई बिरोध पत्र : संबिधानको धारा पढ्न सुझाव

गोरखा २४, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले संसद बिघटनको बिरोधमा शुक्रबार (आज) जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएको छ । पार्टीको प्रचण्ड–नेपाल पक्षले जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको बिरोध पत्रमा भनिएको छ । ‘ तपाईले यही पुस ५गते गरेको संसद बिघटन असंबैधानिक, अलोकतान्त्रिक एवंम स्वेच्छाचारी कदम चाल्नु भएकाले हामी त्यसप्रति तिव्र आपत्ती प्रकट गर्दै घोर बिरोध एवम निन्दा गर्दछौ ।

’ बिरोध पत्रमा नेपाली जनताको ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको ऐतिहासिक, राजनीतिक परिवर्तन तथा संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाल जनता जस्तोसुकै सर्घष गर्न तयार रहेको उल्लेख छ । संबिधान बिरोधी तथा प्रतिगमनका सवैखालका षडयन्त्र असफल पार्न आफुहरु तयार रहेको भन्दै पार्टीले प्रधानमन्त्री ओलीलाई पठाइएको बिरोध पत्रमा बर्तमान संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटन गर्न कुनै अधिकार नदएिको उल्लेख छ ।

प्रधानमन्त्रीलाई पार्टीले पठाइएको बिरोध पत्रमा आफ्नो असंबैधानिक कदमका निम्ति पश्चाताप गरि राष्ट्रका सामु क्षमायाचना गर्न प्रतिनिधिसभा सूचारु गरि नेपाल जनताको रगत र पसिनाबाट बनेको संबिधानलाई सूचारु गर्न सुझाव समेत दिइएको छ ।

त्यस्तै बिरोध पत्रमा प्रधानमन्त्री ओलीलाई संबिधानको धारा पुन पढ्न भन्दै उक्त धाराको प्रतिसमेत पठाइको पार्टीका जिल्ला सहइन्चार्ज अमर तमुले जानकारी दिनुभयो । पार्टीका जिल्ला सहइन्चार्ज तुमको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र पठाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology