गोरखा २३, पुस । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति प्रतिनिधीसभा बिघटन गरेको बिरोधमा अनेरास्वबियू गोरखाले आज गोरखा क्याम्पसमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दोहन गरेको छ । अनेरास्वबियूका नेता कार्यकर्ताले बिहान क्याम्पस परिषर्मा भेला भएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गरेका हुन् ।
संसद बिघटन सवैधानिक ‘कू’ भएको भन्दै अनेरास्वबियू गोरखाले असबैधानिक कदम सच्याउन माग गर्दै आएको छ । पुस ५ गते प्रधानमन्त्रीले संसद बिघटन गरेसंगै चरणबद्ध आन्दोलनमा उत्रिएको बिधार्थी संगठनले हिजो साँझ गोरखा सदरमुकाम क्षेत्रमा सिटी जुलुस निकालेका थिए । अनेरास्वबियूका केन्द्रीय सदस्य रामकृष्ण भट्टले प्रधानमन्त्री आफ्नो कदम नसच्चाए सर्घषका कार्यक्रमहरु नरोकिने बताउनुभयो ।
उहाँले संसद बिघटनले देशलाई राजनीति अस्थिरता तर्फ धेकेलेको भन्दै प्रतिनिधीसभाको पुनस्थापना आन्दोलन रोकिने पहिलो सर्त भएको उल्लेख गर्नुभयो । पुत्ला दोहन कार्यक्रममा केन्द्रिय सदस्य भट्ट, अनेरास्वबियू जिल्ला संयोजक सजिंव थापा मगर गोरखा क्याम्पस ईकाई अध्यक्ष विष्णु पाण्डे लगायतको उपस्थिती सहभागिता रहेको थियो ।