Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँमा घुस रकम सहित इन्जिनियर पक्राउ


3.5K
Shares

तनहुँमा घुस रकम सहित इन्जिनियर पक्राउ

तनहुँ २२, पुस ।राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई (शिक्षा) का इन्जिनियर सुरेन्द्र अधिकारी घुस रकम सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस रकम लिँदा लिँदै तनहुँका उनलाई बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले प्रकाउ गरेको हो ।

सदरमुकाम दमौली, मालपोत लाईन स्थित भिरकोट रेष्टुरेन्टबाट सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोप उनिमाथि लागेको छ ।भानु नगरपालिका–५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन अधिकारीले घुस मागेको अख्तियारले जनाएको छ ।

घुस मागेपछि प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology