गोरखा २२, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य हरिराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको नभई आफ्नो राजनीतिक जीवनको बिघटन गरेको बताउनु भएको छ । नेकपा प्रचण्ड माधव पक्षले पार्टी कार्यालयमा आज आयोजना गरेको आफ्ना पक्षका जनप्रतिनिधीहरु संगको छलफल तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘यो प्रतिनिधिसभाको बिघटन होइन, प्रधानमन्त्री ओलीको राजनीतिक जिवनको बिघटनको हो, उहाँले भन्नुभयो, अब छिट्टै उहाँको राजनीतिक जिवन बिघटन हुनेछ ।’ उहाँले भन्नुभयो, प्रधानमन्त्री ओली सिंगो देश मेरो मात्र हो जस्तो गनुहुन्छ, यसले उहाँमा लोभ अंहकार र व्यक्तिगत स्वार्थ बाहेक केही देखिदैन ।
नेता अधिकारीले ओली पक्षले प्रचण्ड नेपाल पक्षलाई पदको झगडाको आरोप लगाउनु वैयात भएको भन्दै ओलीको पक्षमा सहि भन्नेहरु गणतन्त्र नरुचाउनेहरु मात्र रहेको बताउनुभयो । ‘परिवर्तन धरापमा पार्नेहरु, संबिधान माथि कु गरेर हेर्न चाहानेहरु केपी तिरै जाउन, उहाँले भन्नुभयो, ‘नेपाली जनता हाम्रो पक्षमा छन् ।’