गोरखा २२, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले प्रधानमन्त्रीले केपी शर्मा ओलीले गर्नु भएको संसद बिघटनले संबिधानको पाना च्यातिएको बताउनुभयो ।
नेकपा प्रचण्ड माधव पक्षले पार्टी कार्यालयमा आज आयोजना गरेको आफ्ना पक्षका जनप्रतिनिधीहरु संगको छलफल तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटिका सदस्य समेत रहनु भएका उहाँले प्रधानमन्त्रीको कदमले संबिधान माथि ‘कू’ भएको बताउनुभयो ।
अहिले संबिधानको पाना च्यातिएको छ, सबिधान माथि ‘कू’ गरिएको छ, अध्यक्ष पाण्डेले भन्नुभयो, यस्तो बेला सवै क्रान्तिकारीहरु एक भएर संबिधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक परिवर्तनको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ । ’
अध्यक्ष पाण्डेले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, स्वेच्छ्याचारी र प्रतिगामी भएको भन्दै त्यसको बिरुद्धमा एकजुट हुन सवैलाई आवहन गर्नुभयो ।