गोरखा २२, पुस । अनेरास्वबियू गोरखाको आयोजनामा प्रधानमन्त्रीले गरेको संसद बिघटनको बिरोधमा गोरखा सदरमुकाममा सिठ्ठी जुलुस निकालेको छ । पार्टी कार्यालय पाटेचौरबाट निकालिएको सिठ्ठी जुलुस अस्पतालचोक, हरमटारी चोक, कालिमाटी, शक्तिचोक हुदै बसपार्कमा पुगेर कोणसभा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै अनेरास्वबियूका केन्द्रिय सदस्य रामकृष्ण भट्टले प्रतिगामी कदम नसच्याएसम्म आफुहरुको सर्घष नरोकिने बताउनुभयो । उहाँले संसद बिघटनको कदमले देशलाई अन्यौलता तर्फ धेकेको भन्दै प्रधानमन्त्री ओलीको कम तत्काल फिर्ता नभए युवाहरुले सडकबाट प्रधानमन्त्रीलाई सत्ता च्युत गर्ने चेतावनी दिनुभयो ।
‘लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धी खोस्ने अधिकारी कसैलाई छैन, नेता भट्टले भन्नुभयो, व्यक्ति स्वार्थ र सनकको भरमा गरिएको संबैधानिक ‘कू’ लाई नेपाली जनताले कदापी स्विकार गर्ने छैनन । उहाँले प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध एक जुट हुन पनि युवाहरुलाई अपिल गर्नुभयो ।