Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अब काग्रेस पार्टी प्रवेश गर्नेहरुले प्रमुख पदहरु नपाउने


2.7K
Shares

अब काग्रेस पार्टी प्रवेश गर्नेहरुले प्रमुख पदहरु नपाउने

काठमाण्डौ २२, पुस ।  नेपाली काँग्रेसले अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई संगठनमा प्रमुख पद नदिने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी सर्वसम्मत रूपमा यो निर्णय गरेको हो । काँग्रेसमा मुख्यगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वमा राप्रपाकालगायत नेतारकार्यकर्ता प्रवेश गरेका थिए ।

गच्छदारलाई उपसभापति बनाएको काँग्रेसले थापालाई सहमहामन्त्री बनाइसकेको छ । अन्य पार्टी छाडेर आएकालाई काँग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा एक समिति बनेको थियो । उक्त समितिको सिफारिसअनुसार केन्द्रीय समितिले समायोजनका मापदण्ड पनि तयार गरेको छ ।

काँग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई क्रियाशील सदस्यता दिन सकिने पनि बताएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ मसान्तभित्र क्रियाशील वितरण र नवीकरणका काम गरिसक्न जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यसमितिले निर्देशनसमेत दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology