गोरखा २१, पुस । गोरखा नगरपालिकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको ३ दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । नगरपालिकाले बिभिन्न संघसंस्थासंगको कार्यक्रममा सम्पन्न गर्न नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको छ ।
दिवसको अबसरमा यही पुस २६, २७ र २८ गते बिभिन्न कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ । जसअन्र्तगत यहीँ २६ गते बिहान प्रतिक्षालयदेखि ठूलो आँगनसम्म सरसफाई कार्यक्रम गर्ने, २७ गते लियो क्लबको आयोजनामा दौड प्रतियोगिता गर्ने निर्णय भएको छ ।
त्यस्तै सोही दिन बिहान साढे १० बजेदेखि सदरमकामको खेलकुद मैदानदेखि गोरखा दरबार परिषरमा रहेको पृथ्वी नारायण शाहको शालिक रहेको स्थानसम्म बिभिन्न झाँकी सहितको ¥याली गर्ने र त्यसको संयोजन नगरपालिकाले गर्ने निर्णय भएको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि मञ्चको व्यवस्थापन, व्यानर निर्माण, उद्योग बाणिज्यसंघले गर्ने, पत्रकार महासंघ गोरखाको संयोजनमा पृथ्वीनारायण शाहको सालिक परिषरमा दिप प्रज्वलन गर्ने, गोरखा जेसिसको आयोजनामा नगरशिक्षा शाखाको सहकार्यमा नेपाल एकिकरणमा पृथ्वी नारायणशाहको योगदान शिर्षकमा अन्तर माध्यामिक बिधालयम स्तरीय बक्तृत्व कला प्रतियोगिता गर्ने निर्णय पनि भएको नगरपालिकाले जनाएको छ ।
साथै नगरक्षेत्रमा भित्रका सवैटोलबासीलाई पृथ्वी जयन्तीका दिन आफ्नो घर अगाडी फूल पानी सहितको घडा राख्न पनि नगरपालिकाले आग्रह सवै नगरबासीलाई आग्रह गर्ने निर्णय गरेको छ ।