Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकी गाउँपालिकामा प्रश्नपत्र निर्माण कार्यशाला गोष्ठी सम्पन्न


3.4K
Shares

गण्डकी गाउँपालिकामा प्रश्नपत्र निर्माण कार्यशाला गोष्ठी सम्पन्न

गोरखा २०, पुस । गोरखाको गण्डकी गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । वडा नम्बर २ स्थित ताङ्लिचोक माध्यामिक बिद्यालयमा यहीँ पुस १६ गतेदेखि १८ गतेसम्म गोष्ठीको आयोजना गरिएको शाखाका प्रमुख सुदिप पन्थले जानकारी दिनुुभयो ।

गोष्ठीमा नेपाली, अंग्रजी, गणित, विज्ञान र सामाजिक गरी पाचँ विषयगत समुहमा सहजीकरण गरिएको उहाँले बताउनुभयो । “ ओ अबसरमा सबै विषयगत समुहले २–२ सेट निर्माण गरेका छन्, उहाँले भन्नुभयो, ‘आगामी दिनमा अन्य शिक्षकलाई यो समुहले प्रश्नपत्र निमार्ण गर्न सघाउने छन् ।

” कार्यशालाबाट प्रश्नपत्र निमार्ण गर्न सहजीकरण गर्ने र प्रशिक्षण दिने रुस्टर तयार भएको उहाँको भनाई छ ।  गोष्ठीमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका ३६ जना शिक्षक सहभागी भएका थिए । गोष्ठीमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरि अर्याल सहित केन्द्रका प्रविधिक अधिकृत द्वय श्याम प्रसाद आचार्य र लवदेव भट्टले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology