गोरखा, २०, पुस । सहयोगापेक्षी सडक मानवको उद्दारका लागि मेची महाकाली यात्रामा निस्किएको मानवसेवा आश्रमको सहयोगापेक्षी सडक आश्रित मावनहरुको राष्ट्रिय उद्वार टोली शुक्रबार गोरखा आईपुगेको छ । आगामी बि.स २०८२ सम्ममा नेपालका कुनै पनि सडकमा सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावक विहिन भएर खुल्ला आकाश मुनी रात बिताउन नपरोस् भन्ने उद्देस्यले आश्रमले मेची महाकाली यात्रा गरेर सडक मानवको उद्दारलाई तिव्रता दिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
यात्राका क्रममा गोरखा आइपुगेको टोलीलाई गोरखा नगरपालिकाले आज सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि भव्य स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्नुहुदै मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले सडकमा आश्रितहरुको लागि पुष र माघ महिना सारै कष्टकर हुने भएकाले मानवता प्रवद्र्वनका उहाँहरुको उद्धार गर्दै तिन वटै तहका सरकारलाई जिम्मेवार बनाउन पनि यात्राले सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
यात्राका क्रममा सडकमा रहेका बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावक विहिनहरुलाई उद्वार गरी आश्रममा पु¥याइएको उहाँले जानकारी दिनुभयो । यही पुष ७ गते मेचीको काँकडभिटाबाट सुरु भएको यात्रा प्रदेश नम्बर १, २ र ३ हुदै आज गण्डकी प्रदेशको गोरखा आइपुगेको अध्यक्ष अधिकारीको भनाई छ । उहाँले आउदो माघ ७ गते महाकालीको महेन्द्रनगर पुगेर यात्रा सम्पन्न गरिने बताउनुभयो । मानव सेवा आश्रमले बि.स २०६९ सालदेखि अहिलेसम्म ५ हजार भन्दाबढी बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावक विहिन सडक मानवको उद्धार गरिसकेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
उद्वार गरिएका मध्ये १ हजार ५ सय भन्दा बढिको पारिवारिक पुर्नमिलन गराइएको पनि उहाँले बताउनुभयो । अहिले पनि आश्रममा १३ सय भन्दाबढी मानिसलाई आश्रमको संरक्षणमा रहेको उहाँले बताउनुभयो । सो अबसरमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान पत्र दिएर अभिनन्दन गर्नुभएको थियो । मेयर पन्तले यात्राका क्रममा गोरखा आइपुगेको टोलीका सहभागीहरुलाई फुलमाला लगायत सम्मान गर्नुभएको थियो ।