काठमाडौं २०, पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित आमा छोरालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाज चढेर झापा भद्रपुर जान लागेका उनीहरुको लगेज जाँच गर्दा गोली फेला परेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोला जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा मुनादेवी राई उनका छोरा बद्रीहाङ राई रहेको उहाँले बताउनुभयो । गोली लैजानुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मुनादेवी अवकाश प्राप्त प्रहरी कर्मचारीकी पत्नी हुन्।