Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा काठेपुलबाट बूढीगण्डकी नदी तर्ने क्रममा खसेर एक बालक बेपत्ता


3.6K
Shares

गोरखामा काठेपुलबाट बूढीगण्डकी नदी तर्ने क्रममा खसेर एक बालक बेपत्ता

गोरखा, २० पुस । गोरखाको चुमनुव्री गाउँपालिका–५ बिही स्थित बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता हुनुभएको छ । गएको शुक्रबार बिहान करिब १०:३० बजेको समयमा गाउँपालिकाको वडा नम्बर ४ प्रोकमा रहेको पानीघट्टामा जाने क्रममा बूढीगण्डकी नदी माथिको काठेपुल तर्दै गर्दा १२ बर्षिय बालक पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

बूढीगण्डकी नदी माथि दुई वटा मुढा तेस्र्याएर बनाएको पुल तर्ने क्रममा बालक एक्कासी नदीमा खसेको बालकका बुबा मिङ्ग्युर दोर्जे लामाले जानकारी दिनुभयो । ‘काठेपुलमा एकैचोटी दुई जना तर्न नमिल्ने भएकाले म पैले पुल तरेर पारी गए, उहाँले भन्नुभयो, छोरो पछिपछि आउदै थियो तर एक्कासी नदीमा खस्यो ।’

छोरा नदीमा खसेपछि बचाउन भनि आफु पनि बूढी गण्डकी नदीमा हेलिएको भएपनि भेट्टाउन नसकेको र पानीले आफुलाई भने धेरै तल पु¥याएर पाखामा हुत्याई दिएपछि बाँचेको उहाँले बताउनुभयो । पुलबाट नदीले बगाएर बेपत्ता भएका छोरा भने अझै पनि नभेटिएको उहाँको भनाई छ ।

बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले घटनाको बारेमा जानकारी ढिलो गरि प्राप्त भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology