Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अचानक मौसम बदलियो : देशभर हिमपातको सम्भावना


4.2K
Shares

अचानक मौसम बदलियो : देशभर हिमपातको सम्भावना

काठमाण्डौ, २० पुस । देशभर अचानक मौसमा परिवर्तन आएको छ । पश्चिमी वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।

हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology