Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ट्रम्पको झुटको खेती: चुनावको नतिजा उल्ट्याइदिन भनेको अडियो बाहिरियो


1.8K
Shares

ट्रम्पको झुटको खेती: चुनावको नतिजा उल्ट्याइदिन भनेको अडियो बाहिरियो

काठमाण्डौ, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ । गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार व्यहोरेका ट्रम्पले जितका लागि नतिजा उल्ट्याइदिन आग्रह गरेको फोन रेकर्डिङ सार्वजनिक भएको हो । राष्ट्रपति ट्रम्पले चुनावको नतिजालाई अहिलेसम्म स्वीकार गर्नु भएको छैन ।

उहाँले चुनावमा धाँधली भएको आरोप लगाउँदै जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफूलाई जिताउन आवश्यक मतको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको फोन रेकर्डिङ सार्वजनिक भएको बीबीसीले जनाएको हो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डिङका अनुसार ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग आफूलाई ११ हजार ७८० भोट मात्रै चाहिएको बताउनु भएको छ । रेफनस्पर्जरले भने फोनमा ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताउनुभएको छ ।

जर्जियामा जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेर चुनाव जित्नुभएको छ भने ट्रम्पले २३२ भोट मात्र प्राप्त गर्नुभएको थियो । तर ट्रम्पले यो नतिजालाई अस्वीकार गर्दै आउनु भएको छ ।जो बाइडेनले यही जनवरी २० तारिखमा अमेरिकाको राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology