पाल्पा, १९ पुस । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक रैनादेवी छहरा गाउँपालिका – ५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिएको रेडियो मुक्तीनाथ पाल्पाले खबर पठाएको छ ।