बाजुरा, १९ पुस । बाजुरमा घाँस काट्न गएका एक पुरुषको लडेर मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका– ६ कोर्धमा घाँस काट्ने क्रममा लडेर स्थानीय धन बहादुर खड्का मत्यु भएको स्थानीयबासी जङग खड्काले जानकारी दिनुभयो ।
उहाँ शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकै जानु भएको थियो । घाँस काट्न गएका व्यक्ति राती अबेरसम्म नफर्किएपछि आईतवार विहान खोजी गर्ने क्रममा खणिल्ला मेलामा उहाँलाई घाईते अवस्थामा भेटिएको स्थानीयको भनाई छ । घाइते खड्काको उद्धार गरे लगत्तै ज्यान गरेको स्थानीयको भनाई छ ।