Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा पृथ्वीजयन्ती मनाउन राप्रपा अध्यक्ष कमल थापा आउने


3.5K
Shares

गोरखामा पृथ्वीजयन्ती मनाउन राप्रपा अध्यक्ष कमल थापा आउने

काठमाण्डौं १९, पुस । राप्रपाले यो बर्ष गोरखामा भब्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।राप्रपाले दशैभरी पृथ्वी जयन्ती मनाउने भएता पनि यो बर्ष अध्यक्ष कमला थापा आफै उपस्थित हुने भएपछि कार्यक्रम भब्य रुपमा मनाउने तयारी थालिएको हो ।गोरखामा हुने कार्यक्रममा अध्यक्ष थापा सहभागी हुने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

थापा गोरखामा हुने र्‍यालीमा सहभागी भइ पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण र सम्बोधन गर्ने कार्यक्रम तय भएको नेता श्रेष्ठले बताउनुभयो ।राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनमा हुने कार्यक्रममा सर्व साधारणहरु स्वस्फूर्त रुपमा सहभागी हुने अपेक्षा राप्रपाले राखेको छ ।

सोही दिन अध्यक्ष थापाले राप्रपा जिल्ला कार्यालयमा हुने पार्टीको झण्डोत्तोलन र चुनाव चिन्ह हलोको अनावरण गर्ने तथा पार्टीका अगुवा कार्यकर्ताको सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा गोरखाले जनाएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा काठमाण्डौंमा हुने चियापान कोरोना महामारीको कारण रद्व गरिएको छ । राप्रपाले २०६५ देखि हरेक वर्ष सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा गरि चियापान गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology