Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

यस्तो घोषणा गर्यो नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन


6.8K
Shares

यस्तो घोषणा गर्यो नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन

काठमाण्डौ १८, पुस । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड – माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटन पछि सडकमा आएको प्रचण्ड माधव समूहले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर काँग्रेस नेतृत्वले केन्द्रीय कार्य समिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा चासो नदेखाएपछि नेकपाको यो समुह एक्लैले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड – माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस् भनेर खबरदारी गर्ने बताउनुभयो । आज पत्रकार सम्मेलन गरी यो समुहले पुस २० देखि माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् ।

२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ । पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गर्ने पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया गर्ने रहेको छ ।

२३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने, २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम तथा २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला जस्ता कार्यक्रम रहेका छन् । २९ पुसमा निर्वाचन क्षेत्र स्तरयि कार्यकर्ता भेला गर्ने तथा ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा गर्ने, ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा गर्ने लगाएतका कार्यक्रम तय गरेको नेकपा प्रचण्ड – माधब पक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology