Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाबाट मुख्यमन्त्री गुरुङको प्रचण्ड नेपाल पक्षलाई चुनौती :अविश्वासको प्रस्ताव आए सामना गर्छु


5.3K
Shares

गोरखाबाट मुख्यमन्त्री गुरुङको प्रचण्ड नेपाल पक्षलाई चुनौती :अविश्वासको प्रस्ताव आए सामना गर्छु

गोरखा, १८ पुस   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार माथि अबिश्वासको प्रस्ताव पेश भए  सामना गर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागी हुन आज गोरखा आइपुग्नु भएका पार्टीका स्थायी कमिटीका सदस्य समेत रहनु भएको मुख्यमन्त्री गुरुङले पत्रकारहरु कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले केन्द्रमा जेजस्तो बिबाद भएपनि प्रदेश भित्र सरकार सञ्चालनमा मिलेर जानु पर्ने पक्षमा आफु रहेको भन्दै अबिश्वासको प्रस्ताव नै आए सामना गर्नुको बिकल्प नरहेको बताउनुभयो । ‘अबिश्वासको प्रस्ताव पेश गर्न अर्को पक्षलाई पनि अफ्ट्यारो भइरहेकाले अहिलेसम्म भएको त छैन, मुख्यमन्त्री गुरुङले भन्नुभयो, राजनीतिक दलको निर्णय त सवै खालको उपायहरु खुल्ला गर्ने भन्ने भएकाले कुनै पनि बेला अबिश्वासको प्रस्ताव आउनुसक्छ ।’

उहाँले प्रचण्ड–माधव समुहलाई केन्द्रमा झगडा भएपनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिरहेको बताउनुभयो । साविकको माओबादी केन्द्र र नेकपा एमाले अलग अलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

उहाँले अविश्वासको प्रस्ताव आइहालेमा के हुन्छ भन्ने कुरामा स्पस्ट नभएको बताउनुभयो । मुख्यमन्त्री गुरुङले संसद बिघटन हुदैमा पार्टी फुट्नुपर्छ भन्ने नभएको बताउनुभयो । ‘बरु पार्टी भित्रको झगडा पनि बिर्सिएर चुनावमा जित्नका लागि एकिकृत भएर लड्नुपर्छ, उहाँले भन्नुभयो, चुनावले बिग्रिएको पाटीलाई सच्चाउने, एकताबद्ध भएर लाने एउटा अभियान पनि हुनसक्छ तर त्यसमा अहिलेसम्म कसैले ध्यान दिएको अबस्था छैन ।’

उहाँले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन्छ हुदैन भन्नेमा भने अन्यौल रहेको स्विकार गर्नुभयो । ‘तोकिएको मितिमा निर्वाचन हुने कुरा अदातलको फैसलाले प्रभाव पार्न पार्छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो, अदातलले चुनावको पक्षमा फैसला गरिदियो भने तोकिएको मितिमा चुनाव हुनपनि सक्छ नभएपनि मिति धेरै पर जादैन होला ।’ उहाँले एकैचरणमा चुनाव हुनेसम्भवना पनि रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology