Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा नेकपाको ओली पक्षद्धारा जिल्लाको अगुवा कार्यकर्ता तथा भेला सम्पन्न


5.8K
Shares

गोरखामा नेकपाको ओली पक्षद्धारा जिल्लाको अगुवा कार्यकर्ता तथा भेला सम्पन्न

गोरखा, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको ओली पक्षले जिल्ला भित्रका अगुवा नेता कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण गरेको छ । नेकपा गोरखा नगरपार्टीको कार्यलय चाइनिज धारामा ओली पक्षले शनिबार अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओली पक्षिय नेताहरुले संसद बिघटन लोकतन्त्र र संबिधानको रक्षाका लागि गरिएको दावी गरेका छन् । उनीहरुले सरकारले काम गर्न चाहादा चाहादै पनि पार्टी भित्रैबाट घेराबन्दी गरिएको र प्रधानमन्त्री बिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउन लागिएको संसद बिघटन गर्नु परेको बताएका छन् ।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अनेरास्वबियूका केन्द्रिय सचिव आरसी लामिछाने, बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य ऋषि खनाल, नेकपा ओली पक्षीय केन्द्रीय कमिटिका सदस्य गोपाल पाण्डे, सुुरेन्द्रबहादुर थापा, सम्झना देवकोटा, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेत, पार्टीका स्थायी कमिटी सदस्य एव गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology