Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पत्रकार भीमलाल श्रेष्ठलाई तुलसी पत्रकारिता पुरस्कार प्रदान


3.1K
Shares

पत्रकार भीमलाल श्रेष्ठलाई तुलसी पत्रकारिता पुरस्कार प्रदान

गोरखा १८, पुस । नेपाल पत्रकार महासंघ गोरखा शाखाले यस बर्षको तुलसी पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भीमलाल श्रेष्ठलाई प्रदान गरेको छ । नेपालकै ऐतिहासिक लिगलिगकोटमा शुक्रबार र शनिबार सम्पन भएको १० औ साधारण सभाको अबसर पारेर पत्रकार महासंघले शाखाका पूर्व अध्यक्ष समेत रहनु भएका श्रेष्ठलाई पुरस्कार प्रदान गरेको हो ।

गएको करिब २ दशकदेखि गोरखा जिल्ला भित्र रहेर क्रियाशिल रुपमा पत्रकारिता गर्दै आउनुभएको छ । पत्रकारिता क्षेत्र मार्फत उहाँले पुर्याउनु भएको योगदानलाइ कदर गर्दै श्रेष्ठलाई यो बर्ष पुरस्कृत गरिएको हो ।

साथै कोरोना संक्रमणका बिच पनि निरन्तर कलम चलाउदै आफ्नो जिम्मेवारी पुरा गर्नुभएको भन्दै पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो । उक्त पुरस्कारको रासी रु १० हजार रहेको छ ।

पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आर्चाय, पत्रकार, तुलसी पत्रकारिता कोषका संस्थापन किरण अर्याल, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology