Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको झ्याल्लामा ट्याक्टर दुर्घटनाग्रस्त


2.2K
Shares

गोरखाको झ्याल्लामा ट्याक्टर दुर्घटनाग्रस्त

गोरखा १७, पुस । गोरखाको अजिरकोट गाउँपालिकाको झ्याल्ला भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक गम्भीर घाइते भएको जिल्ला ट्रााफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा ना ६ त ७१२५ नम्बरको ट्याक्टर गएराती राती दुर्घटनामा परेको हो । दुर्घटना ट्याक्टर चालक गोरखा नगरपालिका १० कुन्दुरटारका रामकुमार कुमाल गम्भीर घाइते हुनुभएको छ ।

घाइते कुमालको गोरखा अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखामा प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो। चालकको मुख, अनुहार तथा शरिरको विभिन्न भागका चोट देखिएको र वेहोश अवस्थामा नै चितवन उपचारको लागि पठाईएको उहाँको भनाई छ ।

बालुवाबाट चनौटै तर्फ जादै गर्दा दुर्घटनामा परेको प्रमुख ढकालले जानकारी दिनुभयो । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । ट्याक्टर सडकबाट ६० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology