Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खरको कुन्युमा आगो लाग्दा जलेर बालिकाको मत्यु


3.3K
Shares

खरको कुन्युमा आगो लाग्दा जलेर बालिकाको मत्यु

बैतडी १६, पुस । खरको कुन्युमा आगो लाग्दा जलेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका ३ साउनखेतकी २ बर्षीया रेखा साउदको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेखाका दाजु ४ वर्षीय दिपेश साउदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको मृत्यु भएको हो । बिहीबार दिउँसो ४ बजेको समयमा दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ ।

खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताउनुभयो ।

घटनास्थल गाँजरी प्रहरी चौकीबाट ४ घण्टाको पैदल दुरीमा रहेको बताइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिनुभयो । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology