गोरखा,१६ पुस । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस अबसरमा आज गोरखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस गोरखाको सहयोग तथा काग्रेस केन्द्रीय खेलकुद बिभागको आयोजनामा नेपाल रेडक्रस सोसाईटीको समन्वयमा सदरमुकामको हरमटारी चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रमको काग्रेस केन्द्रीय खेलकुद बिभागका प्रमुख मोहनबहादुर बस्नेतले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । देशभरका अस्पताल तथा स्वास्थ्यसंस्थाहरुमा रगतको अभावन हुन नदिन बिभागले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसर पारेर गोरखामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बि.स २०३३ पुस १६ गते तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो । सोही दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।