गोरखा, १६ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संसद बिघटनको मद्दामा प्रधानमन्त्री केपी शर्मा ओली भन्दा राष्ट्रपति बिद्यादेवी भण्डारी एक कदम अघि सरेको भन्दै अव राष्ट्रपतिबाट केही अपेक्षा गर्न नसकिने बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बस्नेतले राष्ट्रपति भण्डारीले राजीनामा दिन उहाँले सुझाव दिनुभयो । ‘महामहिम राष्ट्रपतिले पदबाट राजीनामा दिएर फेरि केपी ओलीको गुटबाट साधारण सदस्य लिएर चुनाव लडेहुन्छ, केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो, ‘राष्ट्रपतिले गैह्रसंबैधानिक र बिबेकहिन काम गरिरहनु भएको छ ।’
बलात्कार सामाजिक सुरक्षा लगायतको बिषयमा अध्यायदेश जाँदा डेढ हप्तासम्म पोको पारिदिने राष्ट्रपति देश दुर्घटनामा जाने खालका निर्णय भने पुग्न नपाउदै हस्ताक्षर गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रपति स्वतन्त्र भएर बस्दिनु पर्ने ठाउँमा पार्टी मात्र नभएर गुटको जस्तो भएर काम गरिरहनु भएको बताउनुभयो । केन्द्रीय सदस्य बस्नेतले संसद बिघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलालाई आत्मासाथ गरेर काग्रेस अघि बढ्ने बताउनु भएको छ । पूर्वमन्त्री समेत रहनु भएका केन्द्रीय सदस्य बस्नेतले काग्रेस लोकतन्त्रमा बिश्वास गर्ने पार्टी भएको भन्दै सर्वोच्चको फैसलालाई स्विकार गर्ने बताउनु भएको हो ।
‘नेपालमा संसद बिघटन पटक पटक भएको छ, केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो, ‘कुनै बेला पुर्नस्थापना पनि भएको छ, कुनै बेला चुनाव पनि भएको छ । काग्रेस कानुनी सर्वोच्चता कुरा गर्ने पार्टी हो, संसदिय सर्वोच्चतामा मात्र कुरा गर्ने पार्टी होइन हामी यो कदमको बिरोध गरिरहन्छौ तर सर्वोच्च अदालतको निर्णय स्विकार गर्छौ ।’ उहाँले सर्वोच्च अदातलले संसदको पुर्नबहाली गरे पनि काग्रेसलाई त्यो मान्य हुने बताउनुभयो ।
केन्द्रीय सदस्य बस्नेतले यस अघिको संसद बिघटन र अहिलको संसद बिघटनको परिस्थिती फरक रहेको भन्दै काम गर्न अफ्ट्यारो परेमा संबिधान संसोधन गर्न सक्ने हैसियत राख्ने बर्तमान सरकारबाट संसद बिघटन भने उचित भएको तर्क गर्नुभयो । उहाँले सर्वोच्च अदातलमा बिचाराधिन भएको मुद्दामा प्रभावित गर्नेगरि सडकबाट नाराबाजी गर्न नहुने बताउनुभयो । केन्द्रीय सदस्य बस्नेतले शान्ति र संबिधान निर्माणदेखि अहिलेसम्म काग्रेसको भूमिका बढी भएको भन्दै यति बेला झनै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
‘जुनजुन बेलामा मुलुकमा अफ्टयारो पर्छ जनताको पक्षमा उभिने काग्रेसको इतिहास हो, उहाँले भन्नुभयो, त्यो इतिहासलाई कायम राख्ने हिसावले नेपाली काग्रेसका नेता कार्यकर्ताले अझ बढी भूमिका खेल्नुपर्छ । केन्द्रीय सदस्य बस्नेतले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि काग्रेस जिम्मेवार ढंगले अघि बढ्ने बताउनुभयो । अहिले काग्रेसको प्राथामिकता सर्घष वा निर्वाचन भन्ने कुरा सर्वोच्चको फैसलामा भर पर्ने उहाँको भनाई छ ।