Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका ३ स्थानीय तहमा आज फेरि थपिए कोरोना संक्रमित


1.4K
Shares

गोरखाका ३ स्थानीय तहमा आज फेरि थपिए कोरोना संक्रमित

गोरखा, १५, पुस ।  गोरखा जिल्लामा आज थप ६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिका अनुसार जिल्लाको गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र शहिद लखन गाउँपालिकामा संक्रमित थपिएका हुन् ।

बिज्ञप्तिमा गोरखा नगरपालिकाको वडा नम्बर ५ मा ३२ बर्षका एक पुरुष, वडा नम्बर ११ की ३७ बर्षकी एक महिलामा संक्रमण पुष्टी भएको उल्लेख छ । त्यस्तै शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा ३७ बर्षका एक पुरुष र ३४ बर्षकी एक महिलामा संक्रमणको पुष्टी भएको छ ।

निर्देशनालयले जिल्लामा भीमसेन थापा गाउँपालिका वडा नम्बर १ र मा ४५ बर्ष र २७ बर्षका २ जना पुरुषमा पनि संक्रमणको पुष्टी भएको जनाएको छ । संक्रमित सवैको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा स्वांब परीक्षणका क्रममा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology