काठमाडौं १५, पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।
लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुनः समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो । प्रचण्डकी निजी सचिव एवम् पुत्री गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल फेसबूकमार्फत सीता अस्पताल भर्ना भएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने खुलाइएको छैन ।लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो ।
प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित हुनुहुन्छ ।यसअघि उहाँको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।