Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङको एक बिधालयमा २ लाख रुपैयाको अक्षयकोष स्थापनामा


3.5K
Shares

बोर्लाङको एक बिधालयमा २ लाख रुपैयाको अक्षयकोष स्थापनामा

गोरखा १४, पुस ।  गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ्गमा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयमा २ लाखको अक्षय कोष स्थापना गरिएको छ । बिधालयका पूर्व प्रधानध्यापक चित्रकुमार श्रेष्ठले आफ्ना पिता स्वगिर्य शेर बहादुर श्रेष्ठ र माता टिका कुमारी श्रेष्ठको सम्झनामा बिधालयका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देस्यले छात्रबृतिका लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

बिधालयमा आज एक कार्यक्रमको आयोजना गरि श्रेष्ठले बिधालयका प्रधानध्यापक रामचन्दै पौडेललाई अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नुभएको हो । उक्त अक्षय कोष मार्फत हरेक बर्ष २ जना अनाथ बिद्यार्थीलाई छात्रबृत्ती र २ जना शिक्षकलाई प्रोत्साहन गरिने बिधालयले जनाएको छ ।

श्रेष्ठले उक्त बिधालयमा करिब ३० बर्ष अध्यापन गराउनु भएको थियो । हालसम्म उक्त बिधालयमा १४ जनाले ८ लाख ६६ हजार ६ सय ३० रुपैया बराबरको अक्षय कोष स्थापना भएको बिधालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology