गोरखा १४, पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ स्थित जराङमा रहेको ब्रह्मचारीणी आधारभूत विद्यालयका बिधार्थीहरुलाई मंगलबार न्यानो कपडा बितरण गरिएको छ । बिधालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट सुरक्षीत राख्न रोट्रयाक क्लब अफ बज्र मनास्लु गोरखाको सहयोगमा न्यानो कपडा बितरण गरिएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो ।
बिधालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ४४ जना बिद्यार्थीहरुलाई स्विटर र १/१ दर्जनका शैक्षिक सामग्री समेत उपलब्ध गराइएको उहाँले बताउनुभयो । पोशाक हस्तान्तरण कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङ, बिधालयकी प्रधानध्यापक आशा श्रेष्ठ, रोटयाकट कलब अफ बज मनासलु उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ , निबर्तमान अध्यक्ष अनुशा श्रेष्ठ, सचिब सन्दिप बयलकोटि लगायतको सहभागिता रहेको थियो ।
चिसो मौसममा न्यानो कपडा पाएसगै बालबालिकाहरु समेत खुशी भएका छन् । न्यानो कपडा बितरण कार्यक्रममा बोल्दै बिधालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बालबालिकाहरुलाई सहयोग गरेको क्लबलाई धन्यबाद दिनुभयो ।