Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा संसद बिघटनको बिरोधमा नेकपाको बिरोध प्रर्दशन, पुस ५ गतेलाई कालो दिनको संज्ञा


3.4K
Shares

गोरखामा संसद बिघटनको बिरोधमा नेकपाको बिरोध प्रर्दशन, पुस ५ गतेलाई कालो दिनको संज्ञा

गोरखा,१४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड– नेपाल पक्षले सरकारले गरेको संसद बिघटनको बिरोधमा आज गोरखामा बिरोध प्रर्दशन गरेको छ । प्रचण्ड नेपाल पक्ष नेता कार्यकर्ताले सदरमुकाम स्थित नेकपा गोरखा नगरपार्टी कार्यालयबाट आर्युबेद चोक, हरमटारी चोक कालिमाटी शक्तिचोक हुदै पुन हरमटारी चोकसम्म बिरोध प्रर्दशन गरेको हो ।

बिरोध प्रर्दशन पछि आयोजित कोणसभाका बोल्दै बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान माथि ‘कु’ गरेको आरोप लगायतका हुन् । कोणसभालाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएका गोरखा क्षेत्र नम्बर १ का बिघटित प्रतिनिधिसभाका सदस्य हरिराज अधिकारीले नेपाल इतिहास प्रधानमन्त्री ओली संसद जननिर्वाचित संसद बिघटन गरेको दिन पुस ५ गते कालो दिन भएको बताउनुभयो ।

नेपाली जनताले ठूलो सर्घषबाट प्राप्त गरेको उपलब्धीलाई कम्युनिष्ट नेतृत्व सरकारबाट खोसिन इतिहासकै सवै भन्दा कालो दिन भएको उहाँले उल्लेख गर्नुभयो । नेता अधिकारीले संबिधानमा कहिकतै पनि प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउने उल्लेख नगरिएको भन्दै प्रधानमन्त्री ओलीले संबिधान नै मिचेर संसद बिघटन गरेको बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो ठाउँमा आफै बिकल्पको भएको अबस्थामा समेत संसद बिघटन गर्नु भनेको देशलाई दुर्घटनामा धकेल्न चाहेको बताउनुभयो ।

‘प्रधानमन्त्री यो कदमलाई कानुनबिद्, राजनीतिज्ञ, राष्ट्रिय अन्तराष्ट्रिय जानकारहरुले पनि कसैले पनि ठिक भनेका छैनन, नेता अधिकारीले भन्नुभयो, ‘त्यस कारण त्यो कालो दिन, कालो कदम हो ।’ उहाँले संसद पुनस्थापना गरेर गल्ति सच्चाउन प्रधानमन्त्री आग्रह गर्दै प्रधानमन्त्रीको प्रतिगमनकारी कार्यलाई सर्वोच्च अदालतले उल्टइदिने बिश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाली जनताको शिक्षा, स्वास्थ्य रोजगारी चौपट भएका बेलामा अबौ खर्च गरेर आबश्यक नै नभएको चुनाव अहिले किन चाहियो भनेर प्रश्न गर्नुहुदै उहाँले चुनाव गर्नका लागि नभई प्रधामन्त्रीले चुनाव भन्दै प्रतिगमनमा जाने बाटो खोलेको बताउनुभयो । कोणसभालाई सम्बोधन गर्नुहुदै वृद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष दिनेशचन्द्र देवकोटा, नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापा लगायतले प्रधानमन्त्री असंबैधानिक कार्यको बिरुद्ध शसक्त सर्घषमा उत्रन पछि नपर्ने चेतावनी दिनुभयो । बिरोध कार्यक्रममा सहभागी हुन जिल्ला बिभिन्न क्षेत्रबाट कार्यकर्ता सदरमुकाम आइपुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology