Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मनकामना केबुलकार आजदेखि ७ दिन बन्द


2.1K
Shares

मनकामना केबुलकार आजदेखि ७ दिन बन्द

गोरखा १४, पुस । मनकामना केवलबार आजदेखि एक हप्ताका लागि मनकामना केबुलकार बन्द भएको छ ।  नेपालकै पहिलो केबुलकार बृहत मर्मत गनुपर्ने भएका कारण बन्द गरिएको हो । केबुलकार पुष १४ गते देखी २० गतेसम्म बन्द रहने भएको हो ।

मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार निर्माता कम्पनीको प्राविधिक निर्देशन तथा बृहत मर्मत गनुपर्ने भएका कारण पहिलो पटक ७ दिनको लागि बन्द गरेर मर्मत गर्न लागिएको प्रबन्ध निर्देशक उज्वल शेरचनले जानकारी दिनुभयो । शेरचनले ‘केबुलकार सञ्चालनमा आए देखी मर्मतका लागि भनेर यति लामो समय बन्द गरिएको यो नै पहिलो पटक भएको बताउदै निर्माता कम्पनीको प्राविधिक निर्देशन अनुसार मर्मत गनुपर्ने भएका कारण साता दिनका लागि बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

केबुलकार सञ्चालन पछि मर्मतकोलागि भनेर यो नै पहिलो पटक लामो समयसम्म बन्द गरिएको हो । यस भन्दा अगाडी पनि नियमित मर्मतकालागि ३ देखी ४ दिन बन्द गरेर मर्मत गरिदै आएको केबुलकार प्रशासनले जनाएको छ । मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै यो अवधिमा यात्रु र भक्तजनहरुमा पर्न जाने असुविधा प्रति क्षमा समेत मागेको छ । केबुलकार पुष २१ गते देखि नियमीत सञ्चालनमा आउने छ ।

नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण संगै बन्द रहेको केबुलकार मंसिर २८ गते देखी मात्र सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology