गोरखा १४, पुस । गोरखाको शहिद लखन गाउँपालिका–१ स्थित ठूलो दिप्लीङमा सोमबार बोलेरो जीप दुर्घटनामा परेको छ । ग १ च ९३८१ नम्बरको बोलेरो दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बोलेरो सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनामा परि गोरखा नगरपालिका–९ लक्ष्मीबजारका ४७ बर्षकी नानीमाया गुरुङ, ३१ बर्षकी माया गुरुङ, २१ बर्षकी मुन राना, सुनिता कुँवर र ११ बर्षकी रेश्मा गुरुङ घाइते भएका हुन् ।
घाइतेको अबस्था खतरमुक्त रहेको प्रहरीले जनाएको छ ।