Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना महामारीबारे समाचार लेख्ने पत्रकारलाई चार वर्षको जेल सजाय


3.6K
Shares

कोरोना महामारीबारे समाचार लेख्ने पत्रकारलाई चार वर्षको जेल सजाय

काठमाण्डौ १३, पुस । कोरोना भाइरसको उद्गमस्थल मानिने चिनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेको छ । चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई स्थानीय अदालतले दोषी ठहर गरी चार वर्ष जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उहाँलाई गत मे मा प्रहरीले दोषी मान्दै नियन्त्रणमा लिएको थियो । ३७ वर्षीय ति पत्रकार केही महिना भोकहड्तालमा पनि बस्नुभएको थियो । कोरोनाको उद्गमस्थल मानिएको वुहानबारे खबर उहाँले लेख्नुभएको थियो ।

वुहानबारे खबर लेखेकै कारण उहाँ सहित अन्यलाई पनि चीनले निशाना बनाएको छ । जाङ्ग जानमाथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियोसहितका माध्यमबाट गलत समाचार फैलाएको भन्दै आरोप लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology