गोरखा, १३ पुस । नेपाली काग्रेस गोरखाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेको बिरोधमा जिल्लाको दुई निर्वाचन क्षेत्रमा आज बिरोध प्रर्दशन गरेको छ । काग्रेसले प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत गण्डकी गाउँपालिकाको ताङ्लिचोक र अजिरकोट गाउँपालिकाको भच्चेकमा बिरोध सभा गरेको पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपानले जानकारी दिनुभयो । बिरोधसभामा बोल्दै काग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघटन गरेर गैह्रसंबैधानिक काम गरेको भन्दै तत्काल संसद पुनस्थापना गर्न माग गरेका छन् ।
उनिहरुले बर्तमान सरकार जनताको अपेक्षा कुठाराघात गरेको भन्दै बहुमत प्राप्त सरकारले संबिधानमा नै नभएको अधिकारको प्रयोग गरेको बताएका छन् । बिरोध प्रर्दशन अन्र्तगत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले केपी ओलीको सरकार भष्ट्राचारमा डुवेको र भष्ट्राचारीहरुको संरक्षणमा लागेको आरोप समेत लगाउनुभयो । बिरोध प्रर्दशनलाई जिल्ला सचिव नन्द्र प्रसाद न्यौपाने, महासमिति सदस्यहरु राजनराज पन्त, राजेन्द्र बजगाई, भुगोल थापा, पूणर्बहादुर दाहाल, कमला लामिछाने लगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ को भच्चेकमा आजै भएको बिरोध प्रर्दशनमा बोल्दै पार्टीका केन्द्रिय सदस्य कमला पन्तले बर्तमान सरकारले संबिधानको ठाडो उल्लधन गरेको बताउनुभयो । उहाँले संबिधान बिरोधी हर्कत तत्काल नसच्याए काग्रेस थप ससक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिनुभयो ।
भच्चेकमा भएको बिरोध प्रर्दशनमा पार्टीका केन्द्रिय सदस्य धनराज गुरुङ, जिल्ला सभापति हरिबहादुर घले, उपसभापति सुकदेव दवाडी, महासमिति सदस्य एवं गण्डकी प्रदेशका संसाद प्रकाशचन्द्र दवाडी, मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सतार, महिला संघकी सभापति एवं महासमिति सदस्य मनकुमारी गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल लगायतले सम्बोधन गर्नुभएको थियो ।