Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बिप्लव युद्धको तयारीमा रहेको खुलासा : प्रहरीले गर्यो ठूलो मात्रा यद्ध सामग्री बरामद


2.8K
Shares

बिप्लव युद्धको तयारीमा रहेको खुलासा : प्रहरीले गर्यो ठूलो मात्रा यद्ध सामग्री बरामद

संखुवासभा १३, पुस । संखुवासभाको चैनपुर नगरपालिका– ४ मैदानेमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले ओडारमा लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा विप्लव कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीले विप्लव समूहले जंगलमा प्रयोग गर्दै आएको टेन्ट दुई थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम चार थान, हतियार तथा कम्ब्याटसहितको जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईको फोटो ६ वटा र ११ वटा मोबाइल सेट, पाँच थान एनटिसी र एनसिएलको एउटा सिम, टर्चलाइट, कैँची, लाइटर, स्लिपिङ ब्याग, त्रिपाल, सेफ्टी फ्युज, सैन्य प्रशिक्षणका दस्ताबेज र लत्ताकपडासमेत बरामद गरेको जनाएको छ ।

विप्लव समूहका कार्यकर्ताले चैनपुर– ४ को मैदानेस्थित जंगलको ओडारमा लुकाएर राखेको सामग्री बरामद गरेको थियो ।आइतबार दिउँसो सवा ३ बजेतिर प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको संखुवासभाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नवराज मल्लले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गस्ती टोलीमाथि फायरिङ गरेपछि जवाफी फायरिङ गर्नुपरेको प्रहरीको भनाइ छ ।

विप्लव समूहका जिल्ला इन्चार्ज युवराज राईलगायतका नेता, कार्यकर्ता मैदानेमा रहेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको डिएसपी मल्लको भनाइ छ ।सुरक्षाकर्मीले घेरा हाल्दा विप्लव समूहका कार्यकर्ता फायरिङ गर्दै भागेको र दुवै समूहबीच गोली हानाहान भए पनि कुनै पनि मानवीय क्षति नभएको डिएसपी मल्लले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology