Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा गोरखाले गर्यो संसद बिघटनको बिरोधमा सरकार बिरुद्ध सर्घषको घोषणा


3K
Shares

नेकपा गोरखाले गर्यो संसद बिघटनको बिरोधमा सरकार बिरुद्ध सर्घषको घोषणा

गोरखा १२, पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले संसद बिघटन र प्रतिगामी कदमका बिरुद्ध घनिभूत आन्दोलन गर्न १ हजार १ सदस्सीय जिल्ला सर्घष समिति गठन गरेको छ । पार्टी कार्यालय पाटेचौरमा आज सम्पन्न जिल्ला कमिटीको बैठकले चरणबद्ध आन्दोलनका लागि सर्घष समिति गठन गरेको अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो । बैठकले आन्दोलनको पहिलो चरण अन्र्तगत पुस १४ गते सदरमुकाममा बृहत जनप्रर्दशन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पौष १६ र १७ गते पार्टी नगरकमिटि र गाउँपालिका कमिटिको बैठक, भेला र प्रशिक्षण गर्ने, पौष २० गते जिल्लामा रहेका सवै जनबर्गिय संगठन, मेर्चा र जातिय संगठनहरुको भेला गर्ने निर्णय समेत गरेको छ । त्यस्तै पौष २२ गते जननिर्वाचित जनप्रतिनिधीहरुको भेला तथा प्रशिक्षण गर्ने, पौष २१ देखि २५गतेसम्म वडा पार्टी भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

बैठकले केपी ओली समुहले गोरखाली कम्युनिष्ट पार्टी आन्दोलनलाई कमजोर बनाउन, क्रान्तिकारी पार्टी र आन्दोलन बिरोधी षडयन्त्र तथा गतिबिधि गरिरहेको भन्दै गलत तत्वका पछि नलाग्न तथा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी जनसमुदायलाई एक ढिक्का हुन आवहन गरेको छ ।

प्रचण्ड, नेपाल पक्षिय जिल्ला कमिटीको बैठकले नेपाली जनताको ठूलो त्याग बलिदानबाट प्राप्त भएको ऐतिहासिक, राजनीतिक परिवर्तन, संघिय लोकतान्त्रिक गणतन्त्र, नेपालको संबिधान लोकतान्त्रिक व्यवस्था र संसद माथि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट आक्रमण भएको ठहर गरेको छ । बैठक पछि पार्टी अध्यक्ष लेखबहादुर थापाद्धारा जारी प्रेस बिज्ञप्तिमा नेपाली जनताको जनप्रतिनिधी थलो संसद बिधटन गरेर ओली सरकारले असबैधानिक, अलोकतान्त्रिक, निरंकुस, पश्गगामी र स्वेच्छाचारी कदम चालेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology