गोरखा १२, पुस । गोरखा जिल्लामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लाका ३ वटा स्थानीय तहहरुमा संक्रमितहरु थपिएका हुन् । संक्रण पुष्टी हुनेहरुमा गोरखा नगरपालिका वडा नम्बर १ मा २७ बर्षका पुरुष, वडा नम्बर ३ कामा ५१ बर्षका पुरुष, वडा नम्बर ५ मा २४ बर्षका पुरुष, वडा नम्बर ७ का ४४ बर्षका पुरुषका रहेका छन् ।
त्यस्तै गोरखा नगरपालिका वडा नम्बर ६ का ४० र ७७ बर्षका महिला तथा १८ बर्षका एक पुरुषमा पनि कोरोना सक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ निर्देशनालयका अनुसार जिल्लाको सिराञ्चोक गाउँपालिका वडा नम्बर २ का ४५ बर्षका पुरुष, गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ का ४५ र २२ बर्षका गरि २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यो संगै गोरखामा कोरोना संक्रमितको संख्या ८३१ जना पुगेको छ ।