गुल्मी १२, पुस । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १३ मसिनाखोला निवासी २३ बर्षिया बालकृष्ण भुजेल र सोही ठाउँकै २६ बर्षिया टोप बहादुर रजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिनुभयो ।
बुटबलबाट तम्घासका लागि छुटेको ना ५ ख ३२०४ नम्बरको ट्रकले राति करिब २ बजे रेसुङ्गा नगरपालिका १३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
ट्रक चालक गुल्मीदरबार गाउँपालिका ६ का २८ बर्षिया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी पन्तले जानकारी दिनुभयो ।