Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नक्कली भारतीय नोटसहित दुई भारतीय पक्राउ


2.3K
Shares

नक्कली भारतीय नोटसहित दुई भारतीय पक्राउ

बिराटनगर, १२ पौस । भारतीय नक्कली नोटसहित मोरङ प्रहरीले दुईजना पक्राउ गरेको छ । शनिबार बेलुका भारतीयलाई मोरङको दर्बेसाबाट इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले रङ्गेली–८, दर्बेसाबाट भारतको बौका चोप्राहाका कुन्दन मण्डल र भारतको तिरा बस्ने शिवरन्जन सिंहलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट भारतीय दुई सय दरका जम्मा १७ हजार सात सय रुपैयाँ फेला पारेको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकल र एक थान मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology