काठमाण्डौ ११, पुस । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ४ सय ३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको सख्ंया २ लाख ५७ हजार ७ सय पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना सङ्क्रमणमुक्त भएका छन् भने १८१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालदेशभर ६ हजार ७ सय ४९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ३ हजार ३ सय ४९ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।