Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा प्रचण्ड–नेपाल समुहका युवा बिधार्थीद्धारा मसाल जुलुस सहित पुत्ला दहन


5.4K
Shares

गोरखामा प्रचण्ड–नेपाल समुहका युवा बिधार्थीद्धारा मसाल जुलुस सहित पुत्ला दहन

गोरखा ११, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समुहका युवा र बिधार्थी संगठनले शनिबार साँझ  गोरखा सदरमुकाममा मसाल जुलुस सहित प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

नेकपाको भाृतसंगठन युवा संघ र बिधार्थी संगठन अनेरास्वबियूले नेकपा नगरपाटी कार्यालय चाइनिज धाराबाट निकालेको मसाल जुलुस सहितको प्रर्दशन हरमटारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासंघका केन्द्रिय सदस्य सुदिप नगरकोटीले प्रधानमन्त्रीले संबैधानिक ‘कु’ गरेको भन्दै नेपाली जनताले त्यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई धोका दिएको भन्दै असंबैधानिक कदम तत्काल फिर्ता लिन माग गर्नुभयो । नेता नगरकोटी प्रधानमन्त्रीको संसद बिघटनको कदमले देशलाई पश्चगमन तर्फ धेकेलेको भन्दै संसद पुनस्थापना नगरे युवाहरु जस्तोसुकै संर्घषका लागि तयार रहेको चेतावनी दिनुभयो ।

प्रधानमन्त्रीले यो देशलाई दुर्घटनमा धेकेलेका छन्, उहाँले भन्नुभयो, हामी कुनै पनि  हालतमा ओलीको सर्वसत्ताबादको सपना पुरा हुन दिने छैनौ, हामी युवा फेरि एकपटक असंबैधानिक कार्यका बिरुद्ध निरन्तर सर्घषमा होमिन तयार छौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology